काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा तीन करोड ८० लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ६७ लाख २२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा दुई अर्ब ४३ करोड ५६ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९३ करोड ६२ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३१ करोड ८७ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने दुई करोड ९७ लाख आठ हजार रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ९७ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब १५ करोड ५६ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १७ करोड ६४ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ७६ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ६३ प्रतिशत रहेको थियो ।