काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा एक करोड २१ लाख ४८ हजार दुई सय ९० रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ६७ लाख ७५ हजार छ सय ५० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १७ करोड ९१ हजार नौ सय रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा ८७ करोड छ लाख ५२ हजार आठ सय ९० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब छ करोड ९१ लाख ३७ हजार पाँच सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ४४ लाख आठ हजार पाँच सय ५० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ९५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ८१ करोड ९९ लाख ८० हजार एक सय ३० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९८ करोड ३२ लाख ४१ हजार आठ सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ७७ लाख ३९ हजार सात सय रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १३ दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने वितरणयोग्य नाफा चार दशमलव ४१ प्रतिशत रहेको थियो ।