किएभ । युक्रेनको संसद्ले बुधबार अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा सामेल हुन मतदान गरेको छ । किएभले रुसलाई आफ्नो आक्रमणका क्रममा गरेको युद्ध अपराधमा न्यायको दायरामा ल्याउन खोजेको छ ।
आईसीसीले नरसंहार र मानवताविरुद्धको अपराधजस्ता गम्भीर अपराधहरूमा मुद्दा चलाउँछ । आईसीसीसँग पक्राउ वारेन्ट जारी गर्ने शक्ति रहेको छ र यसलाई कार्यान्वयन गर्न उसका एक सय २४ सदस्य बाध्य छन् ।
युक्रेनले सन् २००० मा अदालतको स्थापना गर्ने रोम विधानमा हस्ताक्षर गरेको थियो तर केही राजनीतिक र सैन्य हस्तीहरूले युक्रेनी सैनिकहरूले अभियोजनको सामना गर्नुपर्ने हुनसक्ने आशंका व्यक्त गरेपछि यसलाई अनुमोदन गरेको थिएन ।