काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा राजा अर्याल नियुक्त भएका छन् । संस्थाको यही भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
संस्थाको संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै अर्याल सञ्चालक सदस्य बनेका हुन् । यसअघि बैंकको प्रतिनिधित्व गर्दै सुरेन्द्रराज रेग्मी सञ्चालक थिए । रेग्मी बैंकको सीईओ बनेपछि बाँकी अवधिका लागि अर्याललाई सञ्चालक बनाएर पठाएको हो । हाल अर्याल ग्लोबल आईएमई बैंकको सहायक महाप्रबन्धक (एजीएम) को रूपमा काम गरिरहका छन् । अर्यालसँग प्रमुख वित्तीय अधिकृत, प्रमुख रिकभरी अधिकारी, प्रमुख अनुपालन अधिकारी, प्रदेश प्रमुख, प्रमुख अनुपालन अधिकारीजस्ता महत्वपूर्ण रणनीतिक पदहरूमा २० वर्षको बैंकिङ अनुभव छ । अर्याल विगत १७ वर्षदेखि ग्लोबल आइएमई बैंकमा कार्यरत छन् । उनले पोखरा विश्वविद्यालयबाट एमबीए गरेको र उनी स्वर्णपदक (गोल्ड मेडलिस्ट) पनि भएको संस्थाले जानकारी दिएको छ ।