काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । कम्पनीले जीवन बीमा कारोबार सुरु गरेको सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्र्यक्रम गरेको हो ।
यसअन्तर्गत दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगञ्ज शाखामा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वास्थ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर राजविराज शाखामा वृक्षारोपण, विभिन्न शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामग्रीहरू वितरण तथा सरसफाइ समेत गरिएको कम्पनीको भनाइ छ ।
हालसम्मको उपलब्धिबाट थप काम गर्नका लागि ऊर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठूलो जिम्मेवारी बहन गर्नको लागि थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ अगाडि बढेको जानकारी पनि कम्पनीले दिएको छ ।