काठमाडौं । पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । जिकर, चीनको गिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो ।
कम्पनीले हालै राजधानीमा भव्य समारोहसहित जिकर ब्रान्ड सार्वजनिक गरेको जनाएको छ । जिकर ब्रान्डको डेब्यु मोडल बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभी ‘जिकर एक्स’को नेपालमा पहिलोपटक अनावरण गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छालगायतले ‘जिकर एक्स’को अनावरण गरेका थिए । कार्यक्रममा जिकर टिमद्वारा ‘ब्रान्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टिमद्वारा ‘प्रोडक्ट ब्रिफ’ गरिएको थियो । साथै, ‘प्रोडक्ट भिडियो’मार्फत नयाँ जिकर एक्स एसयुभीको विस्तृत जानकारी प्रदर्शन गरिएको कम्पनीले जनाएको छ ।
यस्तै, कम्पनीले हालै सम्पन्न नाडा अटो सो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको छ । जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूचि राख्ने नेपाली उपभोक्ताहरूको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो । जिकर एक्स परिष्कृत पर्फमेन्स र अत्याधुनिक सुरक्षा सुविधाहरूसहितको गाडीहरूमध्ये अग्रपङ्तिमा उभिन्छ । यो प्रिमियम एसयुभीमा ‘भोल्भो इएक्सथर्टी’मा प्रयोग भएको जस्तै उच्च गुणस्तरको सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ ।