काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । अघिल्लो दिन ५५ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन १३ दशमलव शुन्य नौं अंकले ओरालो लागेर २६ सय ३२ दशमलव ९४ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८० अंकले ओरालो लागेर चार सय ६७ दशमलव ३८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २८ वटा कम्पनीहरुको ९३ हजार चार सय ५९ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ रुपैंयाँ बराबरको शेयर किनबेच भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । सो मध्ये होटल तथा पर्यटन उपसमुहको सुचक स्थिर रहेको छ भने व्यापार उपसमुहको सुचक उकालो लागेको छ । यि बाहेकका बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।