काठमाडौं । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकले हात खाली नजाने गरी उपहारहरू पाउन सक्ने भएका छन् । आउँदो चाडपर्वको अवसरमा थकाली लङ ग्रेन बास्मती चामलले हात खाली नजाने उपहार योजना ल्याएको हो ।
सो योजनाअन्तर्गत ग्राहकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरू पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकले चामलको बोरा खरिदमा मोटरसाइकलदेखि कारसम्म पाउन सक्नेछन् । कम्पनीले हालै आयोजना गरेको डिलर्स मिटमार्फत उक्त योजनाको घोषणा गरिएको हो । कम्पनीको अनुसार हरेक बोरामा आकर्षक उपहारहरू राखिएका छन् भने माइक्रोवेभ ओभन, वासिङ मेसिन, रेफ्रिजिरेटर, स्मार्टफोन, स्मार्टवाचका साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकहरूले पाउन सक्नेछन् ।
कम्पनीको डिलर मिट कार्यक्रम डिलरलाई उनीहरूको दक्षताअनुसार थाइल्यान्ड, बाली तथा सिङ्गापुर भ्रमणको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । डिलरहरूको दक्षता र प्रतिबद्धताअनुसार डिलरलाई थाइल्यान्ड वा बाली वा सिङ्गापुर भ्रमणमा पठाइनेछ । साथै, उक्त भ्रमण अवधिभरको खाने–बस्ने सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने कम्पनीले जनाएको छ ।