काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भाग लिने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।

नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै छन् ।