काठमाडौं । मनघरी फाउन्डेसनको आयोजनामा काठमाडौंको नयाँ वानेश्वरमा मुगुका तस्वीर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तर्गत यसपटक मुगु जिल्लाको प्रदर्शनी सुरु गरिएको फाउन्डेसनका अध्यक्ष भारत बन्धु थापाले जानकारी दिए ।