काठमाडौं । नमस्ते पेले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर शुक्रबारदेखि सुरु भएको र आगामी कात्तिक ३० गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।
यस अफरअन्तर्गत नमस्ते पेमार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी नेपाल टेलिकमका सेवाहरूजस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच र एडिएसएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले दुई प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक हरेक टिकट र हरेक पटकको टपअप तथा बिल भुक्तानीमा लागू हुनेछ, जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पेमार्फत जति धेरै लेनदेन गर्नेछन् । उति नै धेरै क्यासब्याक पाउनेछन् ।