काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पाँच अर्ब रूपैयाँ हुनुपर्नेछ ।
कम्पनीको हालको अवस्थामा भने चुक्ता पुँजी दुई अर्ब ६५ करोड रूपैयाँ मात्र रहेको छ । कम्पनीले अपुग चुक्ता पुँजी अर्थात् हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एक बराबर शून्य आठ अर्थात् ८० प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डले यही असोज १४ गते अनुमति दिएको छ । हकप्रद सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रूपैयाँ पुग्नेछ ।