काठमाडौं । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नुपरेको अकल्पनीय दुःखद् घटनामा बाढीपीडितहरूको तत्काल राहत सहयोगार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरिएको बैंकले जानकारी दिएको छ । बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक समारोहबीच उक्त रकम हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।