काठमाडौं । दशैंबिदा अघिको अन्तिम कारोबार दिन आज बुधबार शेयर बजार परिसुचक नेप्से सामान्य अंकले उकालो लागेको छ । अघिल्लो दिन २७ दशमलव ३९ अंकले उकालो लागेको बजार परिसुचक नेप्से आज पुन चार दशमलव ८५ अंकले उकालो लागेर २६ सय ६८ दशमलव १७ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १५ अंकले उकालो लागेर चार सय ८० दशमलव ३८ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा दुई सय ९४ वटा कम्पनीहरुको ४० हजार एक सय ३१ पटक शेयर किनबेच भएको छ । जसबाट ८३ लाख १२ हजार छ सय ८५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७६ करोड १५ लाख १२ हजार सात सय छ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, जलबिद्युत, निर्जीवन बीमा, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उप समुहको सुचक उकालो लागेपनि बिकास बैंक, जीवन बीमा, लगानी र व्यापार उपसमुहरुको सुचक ओरालो लागेका छन् ।