काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऊर्जा ऋणपत्र निष्काशनको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले सात वर्ष अवधि तथा वार्षिक छ प्रतिशत व्याजदर रहेको ‘निफ्रा ऊर्जा ऋणपत्र छ प्रतिशत (२०८८/८९)’ नामको कुल ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात कुल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरूको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ ।