काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन: घटेको छ । अघिल्लो दिन ४७ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन ५७ दशमलव ९९ अंकले घटेर २६ सय ३९ दशमलव ९२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव १४ अंकले ओरालो लागेर चार सय ७६ दशमलव २४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १९ वटा कम्पनीहरुको ७२ हजार सात सय २५ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ९० कारेड सात लाख ९१ हजार ४४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर नेप्से पुरै रातो भएको छ ।