काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर स्वीकृत गरेको हो । धितोपत्र बोर्डले कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक बराबर एकको अनुपातमा एक अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको एक करोड ८२ लाख ७९ हजार सात सय कित्ता हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमतिसँगै अब कम्पनीले हकप्रद निष्काशन गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।