काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मेवा डेभलपर्स लिमिटेडमा ५० करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले मध्यमेवा हाइड्रोपावर परियोजना र सिवा खोला हाइड्रोपावर परियोजनामा रकम लगानी गरेको हो ।
कम्पनीका अनुसार उक्त आयोजना विकासकर्ता मेवा डेभलपर्स लिमिटेडको ५० लाख कित्ता सेयर प्रतिकित्ता मूल्य एक सय रुपैयाँ रहने गरी लगानी गरिएको हो । लगानीसम्बन्धी सम्झौता यही कात्तिक एक गते भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार मध्य मेवा परियोजना ७३ दशमलव पाँच मेगावाटको रहेको छ भने यो पूर्वी जिल्ला ताप्लेजुङमा निर्माण भइरहेको छ । यो पिकिङ रन अफ दि रिभर प्रकृतिको जलविद्युत् परियोजना हो । यसैगरी सिवा खोला हाइड्रोपावर पनि ताप्लेजुङमै निर्माणाधीन छ । यो नौ दशमलव तीन मेगावाट विद्युत् उत्पादन क्षमताको रन अफ रिभर प्रकृतिको परियोजना हो ।