काठमाडौं । नेपाल फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ४० लाख एक हजार तीन सय ७८ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा दुई करोड दुई लाख ४३ हजार छ सय ८८ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ७२ करोड ९९ लाख छ हजार सात सय ४७ रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब ९१ करोड १८ लाख ६९ हजार चार सय ९४ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १६ करोड १२ लाख ३० हजार एक सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा दुई करोड ९० लाख ५१ हजार ६९ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा १० दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले दुई अर्ब ५५ करोड ४५ लाख पाँच हजार सात सय ८६ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब एक करोड ९६ लाख ४३ हजार छ सय ६९ रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ५२ लाख ८५ हजार आठ सय ६१ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा ११ दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५४ प्रतिशत रहेको थियो ।