काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड एक लाख ७९ हजार तीन सय २३ रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा दुई करोड रुपैयाँले मात्र बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा चार करोड ६५ लाख ९१ हजार एक सय ७४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब ४३ करोड नौं लाख ७१ हजार तीन सय दुई रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ५३ अर्ब ९७ करोड नौ लाख ५८ हजार आठ सय चार रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ४७ करोड ४७ लाख ५५ हजार ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५४ करोड ६२ लाख ४३ हजार पाँच सय ९० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा आठ करोड ८५ लाख ४९ हजार आठ सय ७२ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैकले ५४ अर्ब दुई करोड ८१ लाख चार हजार तीन सय ५७ रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ९६ करोड ४२ लाख १५ हजार दुई सय रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४२ करोड ८० लाख ६५ हजार ५९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने पाँच करोड ५० लाख ७३ हजार चार सय २७ रुपैयाँले ऋणात्मक रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५४ प्रतिशत रहेको थियो ।