काठमाडौं । गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन् । काठमाडौंबाट उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनलाई काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले जनाएको छ । ज्यान मार्ने उद्योग मुद्दामा उनी कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए ।