काठमाडौं, असार २४
बेष्ट फाइनान्समा प्रमुुख कार्यकारी अधिकृत तोयराज अधिकारीको पदावधि थप भएको छ । फाइनान्सका अनुसार असार ५ गते बसेको सञ्चालक समितिको चार सय ९६औं बैठकले प्रमुख कार्यकारी अधिकृत अधिकारीको करार अवधि २०७७ कात्तिक १६ गतेसम्मको लागि थप गरिएको हो । फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड छ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा सात करोड ७३ लाख १४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८२ करोड ८९ लाख १४ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ४० करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८९ करोड ६५ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड ११ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा फाइनान्सले दुई अर्ब २९ करोड २३ लाख ९९ हजार रुपैयाँ निक्षेप संंकलन गरी एक अर्ब ७६ करोड ३४ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ७१ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १६ दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।