काठमाडौं, असार २५
सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ३८ अंकले उकालो लागेको सेयर बजार परिसूचक साताको चौथो कारोबार दिन बुुधबार १० दशमलव १३ अंकले ओरालो लागेर १३ सय २६ दशमलव ५३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ६४ अंकले ओरालो लागेर दुुई सय ७९ दशमलव ९५ अंकमा झरेको छ ।
यसदिन कुुल एक सय ७९ कम्पनीहरूको १९ हजार पाँच सय ४१ वटा कारोबार भएका छन् । जसअनुसार २९ लाख ७७ हजार सात सय छ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब सात करोड ८४ लाख ६२ हजार एक सय ४१ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएको छ । जसअनुुसार टे«डिङ र होटल समूहको सूचक क्रमश १५ दशमलव ३१ र शून्य दशमलव एक अंकले उकालो लागेका छन् भने बाँकी समूहको सूचक ओरालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १० दशमलव ७९ अंकले ओरालो लागेर ११ सय २४ दशमलव ८५ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक सात दशमलव एक अंकले ओरालो लागेर १७ सय १० दशमलव एक अंकमा झरेको छ ।
जलविद्युुत् समूहको सूचक पनि आठ दशमलव ६८ अंकले ओरालो लागेर नौ सय ५२ दशमलव २४ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि १० दशमलव १३ अंकले ओरालो लागेर २२ सय ३६ दशमलव ९६ अंकमा झरेको छ ।
यसैगरी निर्जिवन बीमा समूहको सूचक पनि ३० दशमलव १३ अंकले ओरालो लागेर छ हजार एक सय १८ दशमलव छ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ६० दशमलव २९ अंकले घटेर सात हजार नौ सय ३९ दशमलव चार अंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमश ४२ दशमलव ४२, एक दशमलव ७८, १३ दशमलव आठ र दुुई दशमलव आठ अंकले ओरालो लागेका छन् ।
यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सूर्योदय लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ८८ पैसाले बढेर आठ सय एक रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको आशा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य सात रुपैयाँ ५४ पैसाले बढेर सात सय ४२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, तिनाउ मिसन डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटलको सेयर मूल्य छ रुपैयाँ ९८ पैसाले घटेर दुुई सय रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको कालिका पावर लिमिटेडको सेयर मूल्य पाँच रुपैयाँ ५६ पैसाले घटेर एक सय दुुई रुपैयाँमा किनबेच भएको छ । यीबाहेक पोखरा फाइनान्स, कर्णाली विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय आठ रुपैयाँ अन्तिम मूल्यमा २५ करोड ५७ लाख ९९ हजार छ सय ८१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १२ सय १२ रुपैयाँ अन्तिम मूल्यमा सात करोड १४ लाख नौ हजार आठ सय ५३ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक प्रभुु बैंकको संस्थापक सेयर, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।