काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई गैरकानूनी रुपमा नियुक्ति गरिएको भनेर शाक्यले कुलमानको नियुक्ति बदर गरी आफूलाई पुनर्वहाली गरीपाउँ भनी हालेको मुद्दाको सुनुवाई अब अर्को बर्ष मात्रै हुने भएको छ । कुलमानका नियुक्ति विरुद्धको मुद्दाको पेशी गत ३ गते तोकिएको थियो ।
तर त्यसदिन सरकारले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक विदा दिएपछि त्यसको भोलिपल्ट कुलमानका बारिसले २०८२ साल बैशाख २ गतेको तारिख लिएपछि कुलमानको नियुक्ति विरुद्धको मुद्दा उनको कार्यकाल छउन्जेल अदालतबाट निरुपण हुने संभावना क्षीण बन्दै गएको हो । यस अघि तीन चार महिनामा तोकिने तारिख केपी ओली प्रधानमन्त्री भएपछि प्रत्येक महिना जसो पेशी तोकिंदै आएको थियो तर पछिल्लो पटक कुलमानका वारिसले ६ महिना पछिको तारिख लिएपछि सत्ताधारीहरुमा कुलमान कुटनीतिले हलचल मच्चाएको छ ।