काठमाडौं । सिप्रदी ट्रेडिङ एवं भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडले संयुक्तरूपमा हालै राजधानीको सोल्टी होटलमा ‘म्याक स्टार नाइट’ कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा म्याक सिप्रदी स्टार एप एवम रुबी प्लस ग्रिजको उद्घाटन समेत गरिएको थियो ।
साथै, म्याक सिप्रदीका उत्कृष्ट १० ओटा डिलरहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो । सम्मानित डिलरहरू सप्तकोशी बियरिङ, डाइनयामिक ट्रेडिङ, फोर बी सप्लायर्स, खेतान ट्रेडिङ, मनकामना अटो मोबाइल्स, बंगलामुखी मोटर ट्रेडर्स, अस्त्र इन्टरनेसनल, भवानी ट्रेड लिंक, नेक्स्ट जेनेरेसन अटोमोटिभ र श्री कामना सप्लायर्स रहेका छन् ।