काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने परार्मश शुल्कमा एक सय प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष रूपनारायण शाहले हस्ताक्षर गरे । यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने इन्डोस्कोपी, ईसीजी, ईईजी, एक्स रे, अल्ट्रासाउन्ड, इको, कार्डियोलोजीलगायतका स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।