काठमाडौं । हाम्रो देशमा अहिलेसम्म विदेशी पर्यटक आउने–ल्याउने कुरो गर्दाखेरि गुणस्तरीयभन्दा पनि संख्याकै कुरोमा अलिक बढी ध्यान दिइरहेका छौँ । हुन त अधिकांश दक्षिण एसियाली देश (भुटानबाहेक) ‘डिलक्स’ र ’लक्जरियस’ पर्यटकहरूका लागि भन्दा पनि ‘मास बेस’ पर्यटकहरूका लागि प्रमुख गन्तव्य क्षेत्र मान्ने गरिन्छ । त्यसमा नेपाल मात्रै अछुतो रहने कुरो भएन ।
जे होस्, समग्र नेपालमा विदेशी पर्यटक आगमनको कुरो गर्दा सन् २०१९ मा हालसम्मकै सबैभन्दा धेरै संख्यामा विदेशी पर्यटकले नेपालको भ्रमण गर्न आएका थिए । स्मरण रहोस्, सो वर्ष नेपालमा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, गरेर सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण आएका थिए । त्यसरी हेर्दाखेरि सन् २०१८ मा नेपाल भ्रमण गर्न आएको ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरूको संख्या भनेको अघिल्लो वर्ष अर्थात् सन् २०१७ को तुलनामा २४ दशमलव ८ प्रतिशतले बढी संख्या रहेको थियो । त्यस्तै, गरेर सन् २०१७ मा चाहिँ नौ लाख ४० हजार दुई सय १८ जनाले विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । त्यो संख्या भनेको अघिल्लो वर्ष अर्थात् सन् २०१६ को तुलनामा २४ दशमलव आठ प्रतिशत बढी हो, थियो । रोचक के छ भने नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या वृद्धिदर सन् २०१७ र सन् २०१८ मा लगभग उस्तै अर्थात् बराबर रहेको थियो ।
त्यस्तै, गरेर सन् २०१६ चाहिँ सात लाख ५३ हजार दुई जना विदेशी पर्यटकहरूले मात्रै नेपालको भ्रमण गरेका थिए भने यो संख्या भनेको सन् २०१५ को तुलनामा माइनस शून्य दशमलव नौ प्रतिशतले कमी रहेको थियो । त्यस्तै, सन् २०१५ मा चाहिँ केवल पाँच लाख ३८ हजार नौ हजार ७० जना विदेशी पर्यटकहरूले मात्रै नेपाल भ्रमण गरेका थिए । त्यसको खास कारणचाहिँ नेपालमा भूकम्प जानु र भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाउनु रहेको थियो । हुन पनि सो वर्ष ठूलो पैमानामा नेपालमा विदेशी पर्यटकको आगमन दरमा कमी आयो । अर्थात् एकैचोटि लगभग एक तिहाइले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या घटेको थियो । हुन पनि तथ्याङ्ककै आधारमा भन्नुपर्दा सन् २०१५ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या सन् २०१४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तुलनामा माइनस ३१ प्रतिशतले कमी रहेको थियो । उता सन् २०१४ मा भने सात लाख ९० हजार ९२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सो संख्या सन् २०१३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको तुलनामा शून्य दशमलव नौ प्रतिशतले मात्रै कमीरहेको थियो । त्यस्तै, गरेर सन् २०१३ मा चाहिँ सात लाख ९७ हजार छ सय १६ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण गरेका थिए । यो तथ्याङ्क हेर्दाखेरि सन् २०१३ र सन् २०१४ मा (दुई वर्ष नै) लगभग हाराहारी संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तर, सन् २०१२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्यासँग तुलना गरेर हेर्दाखेरि शून्य दशमलव सात प्रतिशतले कमी नै रहेको थियो । तथ्याङ्कअनुसार सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यो भनेको सन् २०११ को तुलनामा नौ दशमलव एक प्रतिशतले बढी रहेको थियो । त्यस्तै, गरेर सन् २०११ मा सात लाख ३६ हजार २१५ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । यो संख्या भनेको सन् २०१० को तुलनामा २२ दशमलव एक प्रतिशतले बढी रहेको थियो । सन् २०१० मा चाहिँ पाँच लाख दुई हजार छ सय ६७ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए भने सन् २००९ मा पाँच लाख नौ हजार नौ सय ५६ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तथ्याङ्कअनुसार यो भनेको सन् २००८ को तुलनामा एक दशमलव नौ प्रतिशतले बढी संख्या रहेको थियो । त्यस्तै, गरेर सन् २००८ मा चाहिँ पाँच लाख नौ सय ७७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो तथ्याङ्क भनेको सन् २००७ को तुलनामा माइनस पाँच प्रतिशत रहेको थियो । जे होस्, यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्याङ्क हेर्दाखेरि सन् २००८ देखि सन् २०२३ को १६ वर्ष लामो अवधिमा बल्ल एक करोड संख्या नाघेको देखिन्छ । अर्थात् १६ वर्ष लामो अवधिमा बल्ल नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या एक करोड तीन लाख ८३ हजार पुगेको देखिन्छ । यो वर्ष (सन् २०२४ मा) पनि सरकारले १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने भनेको भए पनि बढीमा ११ लाख नभए १० लाख ३५–५५ हजारदेखि १० लाख ६५–७५ हजारसम्म पुग्ला कि ? भन्ने अनुमान गर्न सकिन्छ । जुन संख्या थपिएमा १७ वर्षमा एक करोड १३ लाख पुग्नेछ ।
जबकि विगत लामो समयदेखि नेपाल सरकारले चाहिँ वार्षिकरूपमा कम्तीमा १५ लाख, १६ लाख, १८ लाख, २० २२ लाख, २५ लाख ३० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने भनी घोषणा गर्दै आएको छ, लक्ष्य लिँदै आएको देखिन्छ । अझ राजनीतिक दल र तिनका नेताहरूले त पत्याउनै नसकिने गरी ऊ वेलै वार्षिक २५ लाख, ३० लाख, ३५ लाख, ४०–४५ लाख ५० लाख ? विदेशी पर्यटकहरू नेपाल भित्र्याउने भनी सार्वजनिकरूपमा भाषण गर्ने गर्छन्, आफ्नो दलको चुनावी घोषणापत्रमा लेख्ने गर्छन् । त्यसैले हामीले नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउन दुई छिमेकी देश भारत एवं चीनका पर्यटकहरूलाई आकर्षित गराउनेतर्पm लाग्नुपर्ने देखिन्छ । किनभने, सन् २०२४ मा मात्रै १२८ मिलियन चिनियाँ नागरिकहरू पर्यटक भई विश्वका विभिन्न देशमा घुम्न निक्ले, निक्लिँदै छन् । भनी हालै आएको एक ताजा तथ्याङ्कमा उल्लेख गरिएको छ । स्मरण रहोस्, सन् २०२३ मा ८२ मिलियन चिनियाँहरू पर्यटक भई विश्वका विभिन्न देशमा घुम्न निक्लेका थिए भने सन् २०२१ मा चाहिँ केवल ३२ मिलियन चिनियाँ नागरिक पर्यटक भई विश्वका विभिन्न देशहरू घुम्न निक्लेका थिए । उता सन् २०२० मा चाहिँ २७ दशमलव पाँच मिलियन चिनियाँ नागरिकहरू पर्यटक भई विश्वका विभिन्न देशमा घुम्न निक्लेका थिए ।
विश्वमा भ्रमण गर्न निक्लिने पर्यटकको संख्या हेर्दाखेरि चीन नै प्रमुख पर्यटक स्रोत रहेकोदेखिन्छ । त्यसैल अब हामीले नेपालमा धेरै संख्यामा विदेशी पर्यटक भित्र्याउन–ल्याउनका लागि चीन र भारतलाई नै प्रमुख प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । अन्यथा नेपालमा विदेशी पर्यटकको संख्या बढाउने हाम्रो लक्ष्य वा भनौँ धार्नी कहिल्यै नपुग्ने देखिन्छ । त्यसैले अब हामीले हाम्रो लक्ष्य पूरा गर्न गुणस्तरीयभन्दा पनि संख्यालाई नै अलि बढी ध्यान दिने गरौँ ।