काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको ठमेलस्थित छायादेवी सेन्टरको बिवादसम्बन्धी मुद्दाको फैसाला पुस ४ गते सुनाउने भएको छ । एक दशकदेखिको मुद्दाको सुनुवाइ पूरा भएपछि सर्वोच्चले फैसाला सुनाउन लागेको हो ।
छायादेवी सेन्टर बनेको जग्गा व्यक्तिको हो कि गुठीको भन्ने विवाद भएपछि सर्वोच्चमा मुद्दा परेको थियो । लिच्छविकालीन सम्पदा, इतिहास मेटाएर व्यापारिक भवन छायादेवी कम्प्लेक्स बनाउने कार्यमा संलग्नलाई कारबाही गर्दै सो सम्पदा पुनःसरकारको स्वामित्वमा ल्याउन माग गरिएकोे छ । छायादेवी कम्प्लेक्स ठमेलस्थित कमलपोखरी अतिक्रमण गरी निर्माण गरिएकाले भत्काउनु पर्ने माग गर्दै २०७१ सालमा सर्वोच्चमा मुद्दा परेको थियो ।
बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल घगवान बहालअगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेको नामबाट व्यापारिक कम्प्लेक्स बनाएका थिए ।