काठमाडौं । नेपालमा अहिले नेपाल प्रिमियर लिग (एनपीएल)को क्रिकेट माहोलले नयाँ उचाइ लिइरहेको छ । यही मौकामा सीजी इलेक्ट्रोनिक्सले इलेक्ट्रोनिक्स सामान खरिदमा निःशुल्क टिकट जित्ने अफर ल्याएको छ ।
कम्पनीको कुनै पनि ब्रान्डको उत्पादन खरिद गर्दा, ग्राहकहरूले लक्की ड्रमार्फत निःशुल्क एनपीएलको टिकट जितेर कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने मौका पाउनेछन् । सीजी इलेक्ट्रोनिक्सअन्तर्गत एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका, क्रम्प्टनजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू रहेका छन् । यी ब्रान्डहरूले ठूला घरेलु उपकरणहरूजस्तै टिभी, वासिङ मेसिन, फ्रिज, एयर कन्डिसनर आदिका साथै साना घरेलु उपकरणहरू एयर फ्रायर, हिटर, गिजर, भ्याकुम क्लिनर, प्रेसर कुकर, आयरन, कफी मेकर आदि उपलब्ध गराउँछन् ।