काठमाडौं, असार २९
नबिल बैंकले, नबिल बैंकभित्रको डिजिटल बैंकको अवधारणामा, ‘नबिल डिजी बैंक’ स्थापनाको घोषणा गरेको छ । बैंकले ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा सञ्चारकर्मीहरूसँगको एक अनलाइन अन्तरक्रिया कार्यक्रममार्फत उक्त घोषणा गरेको हो । बैंकले नबिल डिजि बैंक ग्राहकवर्गले आफूले चाहेको समय, ठाउँ र सुविधाअनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरी बैंकको प्रविधिमा आधारित रूपान्तरणको आधार तय गरिएको जनाएको छ ।
कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल शाहले नबिल डिजी बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए । यसले अबका दिनहरूमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रूपान्तरण गर्दे डिजिटल सेवाहरूमर्फत अनुपम ग्राहक अनुभवहरू सिर्जना गर्दै जाने लक्ष्य राखेको जानकारी गराए रूपान्तरणको प्रक्रियामा बैंकले बैकिङ क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको भारतको आईसीआईसआई बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीसँग रणनैतिक साझेदारी आरम्भ गरिसकेकोे जानकारी समेत दिएका छन् ।
प्रमुुख कार्यकारी शाहले बैंकका नायब महाप्रबन्धक विनयकुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजी बैंक नबिल बैंकको स्थायी संरचना एकाइ रहेको र बैंकको प्रविधिमा आधारित रूपान्तरणको प्रक्रियाको अपरिहार्य प्रस्थान बिन्दु भएको प्रस्ट पारे । साथै यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे । मोबाइल तथा इन्टरनेट बैंकिङजस्ता सेवाहरूले लाखौं ग्राहकवर्गलाई केही सुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजी बैंकले ग्राहकवर्गलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न अब उपरान्त डिजिटल रणनीति तथा कायक्रमहरूमार्फत पारस्परिक बैंकिङ पद्धतिलाई चुनौती दिँदै ग्राहकवर्ग, फिन्टेकलगायत अन्य पक्षसँगको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ तथा आर्थिक सेवाको प्रयोग गर्ने अठोट व्यक्त गरे ।
कार्यक्रममा विषेश अतिथिको रूपमा बोल्दै हुवावै टेक्नलजिज नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेनले नबिल बैंकलाई ३६ वर्षको गौरवमय इतिहास रच्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे र हुवावैले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रूपान्तरणको प्रक्रियामा प्रयोग गरी सहयोगी भूमिका निर्वाह गर्ने वचन व्यक्त गरे । कार्यक्रमलाई अघि बढाउँदै नबिल डिजि बैंकका प्रमुख विनयकुमार रेग्मीले टीम नबिलको उत्पादकत्व तथा दक्षता अभिवृद्धि गर्दै ग्राहकवर्गको जीवन यात्रालाई आर्थिक सेवाहरूमार्फत सशक्त तथा सुविधायुक्त बनाउन गरिने प्रयासहरूबारे प्रकाश पारे ।
सोही कार्यक्रमा बोल्दै मिस नेपाल तथा सामाजिक अभियान्ता, श्रृंखला खतिवडाले २१औं शताब्दीका ग्राहकवर्गको इच्छाहरूलाई पहिल्याउँदै त्यसलाई आफ्ना सेवाहरूमार्फत ठोस कदम चाल्न सुरुवात गरेकोमा नबिल बैंकलाई शुभकामना दिए र अब ग्राहकवर्गले महसुस गर्नेगरी बैंकिङ सेवाको स्तर निकै बढ्ने आसा व्यक्त गरे । त्यसैगरी परिचित युवा कलाकार अनमोल केसीले बैंकिङ सेवाहरूलाई प्रविधिमैत्री युवालाई लक्षित गर्दै अन्यलाई पनि डिजिटल सेवा उपयोग गर्न सिकाउँदै लैजानु आजको आवश्यकता भएको धारण व्यक्त गरे ।
नबिल डिजी बैंकअन्तर्गतका, डिजिटल बैंकिङ प्रमुख निरज शर्माले कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै, नबिल बैंकको रूपान्तरणको यात्रालाई ग्राहकमुखी बनाउन समुदायको हरेक पक्षको सहभागिता तथा रचनात्मक आलोचना अपरिहार्य रहेको स्मरण बताए तथा प्रतिक्रियाको आशा व्यक्त गरे ।