काठमाडौं । बीवाईडी अटो इन्डस्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इङ्कले नेपालमा बहुप्रतीक्षित बीवाईडी एम६ को बुकिङ खुला गरेको छ । नेपालकै पहिलो प्रिमियम सात सिटर इलेक्ट्रिक एमपीभीको रूपमा यो पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुनेछ भने यो अतुलनीय कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको छ ।
बीवाईडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ हुनेछ । हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि एक लाख ५० हजार रुपैयाँ नगद छुट समेत उपलब्ध हुनेछ । यो आकर्षक अफरका कारण सुरुमा गाडी किन्न चाहने ग्राहकले नेपालकै सबैभन्दा भर्सटाइल र इको–फ्रेन्ड्ली एमपीभी अविश्वसनीय मूल्यका साथ प्राप्त गर्न सक्ने छन् ।
बीवाईडी एम६ एउटा क्रान्तिकारी एमपीभी (मल्टी युटिलिटी भेइकल) हो । जसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पूरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ । बीवाईडी एम६ मा भएका मुख्य विशेषताहरूमा अतुलनीय कम्फर्ट र स्पेस अर्थात् यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र पाँच सय ८० लिटरसम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउने, पावरफुल परफर्मेन्स यसमा भएको १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र चार सय ४० किलोमिटर (डब्लुएलटीसी) सम्मको रेन्जका कारण अपहिल ड्राइभ र लङ रुटको यात्रा प्रभावकारी हुनेछ । अन्य विशेषताहरूमा बीवाईडी एम६ ले एक सय १५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट ३७ दशमलव चार मिनेटमै फूल चार्ज गर्न सकिन्छ । यसकारण व्यस्त दैनिकी भएकाहरूका लागि यो परफेफ्ट सवारी छ । एम६ मा भएका छ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सरलगायतका एड्भान्स्ड सेफ्टी फिचरका कारण यसमा गरिने प्रत्येक यात्रा सेफ्टी स्ट्यान्डर्डअनुसार उच्चस्तरीय बन्छ ।
यो गाडीमा रहेका १२ दशमलव आठ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजीलगायतका नयाँस्तरीय प्रविधिले यसलाई अन्य गाडीभन्दा फरक बनाउने छ । नेपालको इलेक्ट्रिक मोबिलिटीलाई अर्को फड्कोमार्फत रुपान्तरण गर्ने कार्यमा बीवाईडी एम६ ले प्रतिनिधित्व गरेको छ । कम सञ्चालन खर्च, शून्य उत्सर्जन र बहु–उपयोगी कार्यका कारण परिवारका साथै हस्पिटालिटी र पर्यटन व्यवसायका लागि बीवाईडी एम६ छनोट बन्न सक्छ ।
हाल बीवाईडी एम६ बुकिङ गर्ने ग्राहकले नगद १ लाख ५० हजार छुट पाउने छन्। आगामी डिसेम्बर २४ अर्थात पुस ९ सम्मका लागि उपलब्ध यो अफरमार्फत अविश्वसनीय मूल्यमा प्रिमियम इलेक्ट्रिक एमपीभी प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।
नेपालभर रहेका कुनै पनि शोरुम भ्रमण गरी बीवाईडी एम६ को बारेमा जानकारी लिन र यसको समग्र पक्षको बारेमा अनुभव गर्न तथा सस्टेनेबल मोबिलिटीको क्षेत्रमा हुने क्रान्तिको हिस्सा बन्न सबैमा अनुरोध गरेको छ ।