काठमाडौँ । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेका छन् ।
राजदूत शम्सीले उक्त भेटमा आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वर्ल्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणापत्रमा हस्तान्तरण गरे ।
सो अवसरमा दुई देशबीचको आपसी सम्बन्धका साथै पारस्परिक हित र चासोका साझा विषयमा छलफल भएको थियो । साथै यसअघि उनीहरुबीच भएका द्विपक्षीय सम्झौताको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन प्रवर्द्धनबारे पनि छलफल भएको थियो ।