काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध चयन भएका छन् । बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले कोइरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । कोइराला यसअघि संघको उपाध्यक्ष थिए ।
साधारणसभाले संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी पनि निर्विरोध चयन भएका छन् । यसबाहेक संघमा रिक्त रहेका तीन सदस्य पनि निर्विरोध चयन भएका छन् । साधारणसभाले एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल सदस्य चयन भएका छन् । एभरेष्ट बैंकका खालिङ दोस्रो कार्यकालका लागि सदस्य चुनिएका हुन् । कोइरालाले अब दुई वर्ष २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठनको नेतृत्व गर्नेछन् ।