काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको पठाओ सुपरफेस्ट सुरु भएको छ । कम्पनीले पुस ६ गतेदेखि २६ गतेसम्म सो सुपरफेस्ट सञ्चालन गर्न लागेको हो ।
‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारासहित आयोजित सुपरफेस्टमा गत वर्ष मिस्टर हुलहुल मात्रै आएकोमा यस वर्षको सुपरफेस्टमा एलियन जोडी नै आएको थिममा पठाओले प्रचार गरेको छ । एलियनहरू पठाओको सुपरफेस्टको छुट र अफर देखेर ब्रह्माण्डबाटै आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको हो । कम्पनीका अनुसार सुपरफेस्टमा पठाओ फुडमा मात्रै नभई राइडमा समेत सेवाग्राहीले ८० प्रतिशतसम्म छुट पाउनुका साथै विभिन्न आकर्षक अफर पनि प्राप्त गर्नेछन् । साथै, यस वर्षको पठाओ सुपरफेस्टमा सेवाग्राहीले प्रत्येक राइड वा फुड अर्डरका आधारमा सो बराबरको प्वाइन्ट्स प्राप्त गर्न सक्ने तथा पठाओ एपभित्रै पोइन्ट्सको डिल सेक्सनमा गएर रिडिम गरी राइडको प्रोमो कोडहरू पाउन सकिने पठाओ नेपालका निर्देशक सुरक्षा हमालले जानकारी दिइन् ।
सुपरफेस्टमा केचप किन्दा पिज्जा फ्रि, बर्गर किन्दा अर्को बर्गर फ्रि, चिकन बिरयानीमा चिकन सेकुवा फ्रि, एक रुपैयाँमा दुई क्रन्ची चिकन बर्गर÷बीबीक्यु चिकन बिङ्स÷चिकन राइस बउल÷मिट लभर्स पिज्जा÷चिकन बिरयानीलगायतका अफरहरू उपलब्ध गराइएको छ । कम्पनीले सुपरफेस्ट सुरु हुनुअघि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ’पठाओ एलियन’को भेषमा मिस्टर हुलहुल र मिसेस हुलहुल घुम्न पठाएको थियो । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन गत वर्ष नेपालमै पहिलो पटक पठाओले प्रयोग गरेको हो ।
मिस्टर हुलहुल र मिसेस हुलहुलको जोडीलाई सबैमाझ परिचित गराउनका लागि कम्पनीले टिकटकमा भिडियो प्रतिस्पर्धा समेत गरिरहेको जनाएको छ । सुपरफेस्ट अवधिमा उनीहरूसँग भिडियो बनाएर टिकटकमा राखिने भिडियोमध्येबाट सबैभन्दा बढी लाइक, सेयर र भ्युजका आधारमा एक जनालाई १० हजार रुपैयाँ नगद उपहार प्रदान गरिने छ । यी अफरहरू हरेक दिन बिहान १० बजेदेखि राति ९ बजेसम्म उपलब्ध हुनेछन् । साथै, क्लास सेल्स तथा रेस्टुरेन्ट अर्डरमा ८० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । सुपरफेस्टमा एक किलोमिटरको दूरीसम्म निःशुल्क डेलिभरी प्रदान गरिनेछ । कस्टमरले प्रत्येक फुड अर्डरमा स्योरसट प्राइजको स्क्रयाच कार्ड पाउनेछन् ।
सेवाग्राहीले स्क्र्याच कार्डमा अल्टिमा लाइफस्टाइलको प्रडक्टमा तीन सय ५० रुपैयाँको छुट, डोल्पो गियर्सको ठमेल आउटलेटबाट सामान किन्दा २० प्रतिशत छुट, ट्राक्युलिटी स्पाको ठमेलस्थित शाखामा सेवा लिँदा ४० प्रतिशत छुट, धुलिखेलको जिपलाइनमा भिडियोबाहेक ४० प्रतिशत छुट, इना सेन्टरमा सामान किन्दा ११ सय रुपैयाँको छुट, मिसिसा कस्मेटिक्समा १५ प्रतिशत छुट पाउन सक्नेछन् । साथै, यति एयरलाइन्सको फ्लाइट बुकिङमा पाँच सय रुपैयाँ छुट, माक्कुसेको सामान किन्दा १० देखि १५ प्रतिशतसम्म छुट, वन्डरल्यान्डमा पाँच सय रुपैयाँ बराबरको दुई खेलमा प्रवेशको सुविधा, कोदाली भेन्चर्सका प्रडक्ट खरिदमा छुट र स्पर्सका प्रडक्टमा दुई सय रुपैयाँ छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
सुपरफेस्ट अवधिमा हरेक साता भाग्यशाली विजेताहरूले मिसिसा कस्मेटिक्स, अल्टिमा लाइफ स्टाइल, इना सेन्टर र माक्कुसेका तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । साथै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले आइफोन १६ पाउनेछन् । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओले ‘पठाओ सुपरफेस्ट–२०२४’ आयोजना गरेको हो ।