काठमाडौं । नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल–फ्रि नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो ।
अब ग्राहकहरूले नेपाल टेलिकम (एनटीसी) र एनसेल नेटवर्कमार्फत विनाकुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ । यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ ।
बैंकले एनटीसी प्रयोगकर्ताको लागि टोल–फ्री नम्बर १६६००–१६२२४५ र एनसेल प्रयोगकर्ताको लागि १८१०२–१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको छ ।
के–के छन् विशेषता:
यसमा निम्नानुसार सुविधा रहेका छन् ।
– निःशुल्क सम्पर्कः ग्राहकहरूले विनाकुनै शुल्क देशभरबाट बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।
– २४/७ सेवा उपलब्धताः टोल–फ्रि नम्बर २४ घण्टा, सातै दिन सञ्चालनमा रहनेछ ।
– दक्ष र व्यावसायिक सेवाः प्रशिक्षित प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र र प्रभावकारीरूपमा समाधान गर्नेछन् ।
– विविध च्यानल पहुँचः ग्राहकले टोल–फ्रि नम्बरको अतिरिक्त बैंकको मोबाइल एप, भाइबर, वेबसाइट र शाखा नेटवर्कबाट पनि सेवा लिन सक्नेछन् ।
ग्राहक सन्तुष्टि र सेवा सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै नबिल बैंकले यो सेवा सुचारु गरेको हो । बैंकले टोल–फ्रि नम्बरको एकीकरणले ग्राहक र बैंकबीचको सम्पर्कलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरेको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई कुनै पनि सोधपुछ, सहायता वा सेवा आवश्यकताका लागि यो सुविधा प्रयोग गर्न आग्रह गरेको छ ।
नबिलले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा ४० वर्षदेखि आधुनिक, डिजिटल र ग्राहक–केन्द्रित वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले आफ्नो सेवा सञ्जाल र प्रविधिमा निरन्तर सुधार गर्दै आएको छ । नबिलले देशभर दुई सय ६८ वटा शाखा सञ्जालसहित तीन सय २० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएकोे छ ।