काठमाडौं । नेपाल एसबीआई बैंकले श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम् रत्ननगर, चितवनलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका बागमती प्रदेश कार्यालय प्रमुख, प्रवीणमुनि बज्राचार्यले गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकूलमका प्राचार्य, श्री सुभास चालिसेलाई औपचारिकरूपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंक तथा गुरुकुलम्का अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि समय समयमा यस्ता गतिविधिहरू गर्दै आइरहेकोे छ ।
बैंकले हाल एक सय वटा शाखा, २२ एक्सटेन्सन काउन्टर, सात वटा प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ वटा एटीएम र एउटा कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।