कोलम्बो । श्रीलंकाको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा पाँच दशमलव पाँच प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकले प्रक्षेपण गरेको छ । केन्द्रीय बैंकले कृषि गतिविधि तीन प्रतिशत, उद्योग १० दशमलव ८० प्रतिशत र सेवा गतिविधि दुई दशमलव ६० प्रतिशतले बढ्ने उल्लेख गरेको छ ।
सन् २०२४ अक्टोबर महिनामा चिया उत्पादनमा गिरावट भए पनि कुल उत्पादन जनवरी र अक्टोबरबीचमा थोरै वृद्धि भएको छ । रबर उत्पादनले अक्टोबरमा उल्लेखनीय वार्षिक वृद्धि हासिल गर्दै स्थिर सुधार देखाएको केन्द्रीय बैंकले जनाएको छ ।
सन् २०२४ को पहिलो १०महिनामा नरिवलको उत्पादन वर्षैपिच्छे घटेको केन्द्रीय बैंकले जनाएको छ । गत वर्ष डिसेम्बर २० सम्ममा अमेरिकी डलरको तुलनामा श्रीलंकाली रुपैयाँ १० दशमलव ७० प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । रासस/सिन्ह्वा