काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने जानकारी दिए ।