काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा मैदान बाहिर कुटपिट भएको घटनामा प्रहरीले अनुसन्धान गर्ने भएको छ । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको फाइल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर एक युवकमाथि भएको कुटपिट घटनाबारे प्रहरीले छानबिन थालेको हो । मैदानमा सुदुरपश्चिमका फ्यानहरुले जनकपुरका फ्यानहरुलाई दुरव्यवहार गरेका भिडीयोहरु टिकटक लगायतका सामाजिक संजालमा छरपष्ट भएका थिए । मैदान भित्र बिभिन्न जोनहरुमा र बाहिर पनि खेल अबधिमा दर्शकहरु धकेला धकेल पनि गरेका थिए ।
शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
त्यस्तै, मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स्बीच भएको अन्तिम खेलपछि बोल्ट्सका समर्थकहरु माथि भएको दुव्र्यवहारको भ्रत्सना गर्दै दोषी पक्षलाई कारबाही गर्न प्रहरी प्रशासनसँग अनुरोध गरेको छ ।
कीर्तिपुर खेलमैदानमा हिजो शनिबार सम्पन्न एनपीएल खेलका क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुव्र्यवहारको निन्दा गर्दै आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी उनीहरूलाई सख्त कारवाही गर्न प्रहरी प्रधान कार्यालयसँग अनुरोध गरेको हो ।
आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आज एक विज्ञप्ति जारी गरी यसकिसिमका घटनाप्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभएमा सामाजिक सदभाव तथा राज्यको चौतर्फी विकासमाथि नकारात्मक असर पर्ने तथा साम्प्रदायिक एवं सामाजिक सद्भावमाथि खलल पु¥याउनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराए।
सो घटनाका सन्दर्भमा आयोगले सदस्य जीवछ साह नेतृत्वमा उच्चस्तरीय टोली खटाइ स्थलगत निरीक्षणसहित घाइतेहरुसँग विस्तृत विवरण बुझेपछि आवश्यक निणर्य लिने स्पष्ट गरेको छ ।