काठमाडौँ, असार ३१ जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्नकोे लागि अनुुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीका अनुसार एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिइएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।