काठमाडौँ । विद्युत् चुहावट भइ गए राति बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा आगलागी हुँदा करिब छ लाख ३६ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यस्तै विद्युत् चुहावट भई काठमाडौँ दक्षिणकाली नगरपालिका–९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा पनि गए राति आगलागी हुँदा करिब चार लाख ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।