काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको तेईसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पुस २८ गते आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले बैंकको हाल कायम रहेको चुक्ता पुँजी चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय पचासी रुपैँयाको चार प्रतिशतका दरले हुने छपन्न करोड पैतीस लाख उनान्सय हजार दुई सय आठ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । यस्तै, ‘एसबिएल आठ दशमलव २५ अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ सम्बन्धित नियमनकारी निकायको स्विकृतिपश्चात् जारी गर्नेलगायतका प्रस्ताव पारित गरेको छ ।
बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको तर्पmबाट राहुल अग्रवाल , दिनेशशंकर पालिखे र बिरेन्द्रकुमार शाहलाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी, सर्वसाधारण सेयरधनी समूहको तर्पmबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिङ्) र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट)को तर्फबाट निर्विरोध निर्वाचित भएका छन् ।