नयाँदिल्ली । भारतमा महँगी बढेको छ । डिसेम्बर महिनामा थोक मुद्रास्फीति (मूल्यवृद्धि) बढेर दुई दशमलव ३७ प्रतिशत पुगेको छ । यसअघि नोभेम्बरमा मूल्यवृद्धि एक दशमलव ८९ प्रतिशत थियो । अक्टोबर महिनामा दुई दशमलव ३६ प्रतिशत थियो ।
आलु, प्याज, अण्डा, मासु, माछा र फलफूलको थोक मूल्य बढेको तथ्याङ्क वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । दैनिक अत्यावश्यक वस्तुको मुद्रास्फीति पाँच दशमलव ४९ प्रतिशतबाट बढेर छ दशमलव शून्य दुई प्रतिशत पुगेको छ । यस्तै खाद्य वस्तुको मुद्रास्फीति आठ दशमलव ९२ प्रतिशतबाट घटेर आठ दशमलव ८९ प्रतिशतमा झरेको छ । आलूको मुद्रास्फीति ८२ दशमलव ७९ प्रतिशतबाट बढेर ९३ दशमलव २० प्रतिशत पुगेको छ । अण्डा, मासु, माछाको थोक मूल्य सूचकाङ्क तीन दशमलव १६ प्रतिशतबाट बढेर पाँच दशमलव ४३ प्रतिशत पुगेको छ ।
थोक मुद्रास्फीतिमा लामो समयसम्म वृद्धिले अधिकांश उत्पादनशील क्षेत्रहरूमा नकारात्मक असर पारेको छ । यदि थोक मूल्य धेरै लामो समयसम्म उच्च रहन्छ भने, उत्पादकहरूले उपभोक्ताहरूलाई बोझ दिन्छन् ।