काठमाडौ । स्मार्टफोन ब्रान्ड भिभाले नवीन डिजाइन, उच्च प्रदर्शन र उचित मूल्यको अद्भूत संयोजनसहितको भिभो भि४० सिरिजद्वारा उत्कृष्टताको नयाँ युगको सुरुवात गरेको छ । भि३० श्रृंखलाको सफलतालाई कायम राख्दै भिभोले भि४० सिरिजलाई नवप्रवर्तन र ग्राहक–केन्द्रित दृष्टिकोणका साथ प्रस्तुत गरको हो ।
शून्य प्रतिशत ब्याजदरमा एक वर्षसम्म शून्य प्रतिशत ईएमआई सुविधाको साथ, भिभोले अत्याधुनिक प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धतालाई अझै बलियो बनाएको छ । भिभो भि४० नेपालको पहिलो जाइस क्यामेरा स्मार्टफोन हो, यसले यसलाई फोटोग्राफी उत्साहीहरूका लागि अत्यावश्यक बनाएको छ । यसमा १÷१ दशमलव ५६ इन्चको ५० मेगापिक्सलको जाइस ओआईएस मेन क्यामेरा रहेको छ । जसले यसलाई उत्कृष्ट लो–लाइट प्रदर्शनका लागि सक्षम बनाउँछ । यसको इमर्सिभ छ दशमलव ७८ इन्च एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट र ४५०० निट्सको पिक ब्राइटनेससहित प्रत्यक्ष सूर्यको प्रकाशमा पनि शानदार दृश्य अनुभव प्रदान गर्छ । क्वालकम स्न्यापड्रैगन ७ जेन ३ र १२ + १२ जीबीको एक्सटेन्डेड ¥यामले सिमलेस मल्टिटास्किङ र उत्कृष्ट प्रदर्शनको सुनिश्चित गर्छ ।
साथै, यसमा रहेको विशाल ५५०० एमएएच ब्लुभोल्ट ब्याट्री र ८० वाट फ्ल्यास चार्जले दिनभरको पावर र कनेक्टिभिटी सुनिश्चित गर्दछ भने आईपी ६८/६९ रेटिङले धुलो र पानीविरुद्धको टिकाउपन प्रदान गर्छ । निलो र सेतो मिसावटले चन्द्रमाजस्तै चम्किलो सेतो र बैजनी रङको नेबुला पर्पल, यी दुई आकर्षक रङहरूमा उपलब्ध यो उपकरणले सौन्दर्य र कार्यक्षमताको अद्वितीय संयोजन रहेको छ । भिभो भी४० लाइटले परिष्कृत डिजाइन र उन्नत प्रविधिको सन्तुलन प्रस्तुत गरेको छ । यसको एआई–आधारित औरा लाइट पोट्रेट फिचरले कम प्रकाश भएको वा रातको समयमा पनि फोटोहरूलाई अद्भूत बनाइदिन्छ ।
यसबाहेक फोनमा एआई– ईरेज र एआई–फोटो ईनह्यान्समेन्टजस्ता फिचरहरूले फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोग गर्छ । अप्टिकल इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र भिभोेको आफ्नो सिग्नेचर कलर चेन्जिङ डिजाइनको साथ भिभो भी४० लाइटको इमर्सिभ ६.६७ इन्च एमोलेड स्क्रिनले परिष्कृतता र शैलीलाई बढाउँछ । पर्याप्त ५००० एमएएच ब्याट्रीको साथ, प्रयोगकर्ताहरूले कुनै चिन्ता नगरी दिनभरी निर्बाध प्रयोगको आनन्द लिन सक्छन् । टाइटेनियम सिल्भर र एमराल्ड ग्रिनजस्ता स्टाइलिस रङहरूमा उपलब्ध, भिभोे भी४० लाइटले किफायती र गुणस्तरबीचको सही सन्तुलन प्रदान गर्छ, जसले यसलाई मध्य–दायरामा उत्कृष्ट विकल्प बनाउँछ । भिभो भि४० सिरिज नेपालभर आधिकारिक रिटेल स्टोरहरू र दराजमा उपलब्ध रहेको छ ।