काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन झण्डै दुई अंकले उकालो लागेको नेप्से परिसुुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने सात दशमलव ३३ अंकले घटेर २५ सय ८८ दशमलव ६२ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३९ अंकले ओरालो लागेर चार सय ३६ दशमलव ६२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ९६ वटा कम्पनीहरुको ७० हजार छ सय ३४ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार छ सय ७४ रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुुचक उकालो लागेका छन् । यि बाहेकका बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका आठ वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।