काठमाडौं  । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूको हात खाली हुने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नर्गने घोषणा गरेपछि लगानीकर्ताहरूको हात खाली हुने देखिएको हो । संस्थाको यही पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।