काठमाडौं । शेयर बजार परिसुचक नेप्से २६ सय बिन्दुमा चढेको छ । यसअघि लगातार ओरालो लागेको नेप्से परिसुचक साताको पहिलो कारोबार दिन आईतबार १२ दशमलव ५८ अकले उकालो लागेर २६ सय एक दशमल २१ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४१ अंकले उकालो लागेर चार सय ३९ दशमलव शुन्य चार बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको ७२ हजार पाँच सय ४० पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड २९ लाख ८२ हजार छ सय १९ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम छ अर्ब २५ करोड ७२ लाख ३५ हजार छ सय २४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । होटल तथा पर्यटन, सामुहिक लगानी कोष र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।