जनकपुर । मोटरसाइकल दुर्घटनामा परी भौतिक पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको छ । जनकपुरको मधेस भवननजिक शुक्रबार बिहान दुई वटा मोटरसाइकल आपसमा ठोकिदा पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको हो ।
जनकपुर प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले मधेस भवन अगाडि विपरीत दिशाबाट विद्यार्थीले चलाएको मधेस प्रदेशको २-०२-००४ प ८१९६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा चालकको मृत्यु भएको बताएका छन् । प्रहरीले उनी जनकपुरको लक्ष्मिनीया गाउँपालिका वडा नम्बर १ निवासी रहेको जनाएको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका यादवलाई अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो ।