काठमाडौं । ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने नारासहित स्थापित रत्ननगर नगरपालिका चितवनको २८औँ स्थापना दिवसको अवसरमा सोही नगरपालिकामा कार्यरत कृष्णप्रसाद उपाध्याय उत्कृष्ट शाखा प्रमुखको रूपमा नगद पुरस्कार सहित सम्मानित भएका छन् ।
‘ज्ञान, विज्ञान, सीप, उद्दम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नारासहित रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाको अध्यक्षता र प्रमुख अतिथि पूर्वशिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
उपाध्यायलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । उनलाई इच्छाकामना गाउँपालिकाकौ १० सभामा समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो । सो अवसरमा ई. शंकरबहादुर कुँवर, वासु सापकोटालगायत १० जनालाई पुरस्कृत गरिएको थियोे ।