काठमाडौं । किन्सको अर्थशास्त्रलाई किन्सवाद पनि भन्ने गरिन्छ । प्रसिद्ध अर्थशास्त्री जेएम किन्स बिसौँ शताब्दीका महान् अर्थशास्त्री मानिन्छन् । किन्स ब्रिटिस अर्थशास्त्री थिए । उनको मान्यताअनुसार राज्यको नियमन अर्थतन्त्रमा हरहमेसा आवश्यक पर्छ । राज्यले माग वृद्धिको लागि प्रोत्साहित गर्नुपर्छ भने उत्पादन बढाउने काम र धेरैभन्दा धेरै खर्चमा वृद्धि गराउने गर्नुपर्छ भन्छन् । केनेसियन अर्थशास्त्र अर्थव्यवस्थामा कुल खर्चमा उत्पादन र मुद्रास्फीतिमा यसको प्रभावको एक सिद्धान्त हो ।
किनेसले सन् १९३६ ईसंमा ‘जनरल थ्यौरी अफ इम्प्लोइमेन्ट इन्ट्रेस्ट एन्ड मनि’ भन्ने पुस्तक प्रकाशित गरे । यस पुस्तकमा रोजगारीको सामान्य सिद्धान्तको प्रतिपादन गरेका छन् । उनको यो रोजगारीको सामान्य सिद्धान्त नै रोजगारीको प्रथम क्रमबद्ध सिद्धान्त हो । किन्सको रोजगारीको यस सिद्धान्तअनुसार प्रभावकारी मागमा कमीको कारणबाट नै बेरोजगारीको सिर्जना हुन्छ अर्थात् बेरोजगारको मूल कारण उपभोग र लगानीसम्बन्धी व्ययको कमी हो । यसरी किन्सको बेरोजगारीको सिद्धान्त मागको अभावको सिद्धान्त हो ।
आवश्यकता सँगसँगै आविष्कारको जन्म हुन्छ भन्ने कुरालाई यथार्थतामा परिणत गर्दै अर्थशास्त्र जगतमा नयाँ आयाम थप्ने काम मेनयार्ड किनेसले गरेका थिए । बेलायती अर्थशास्त्री उनले सिद्धान्त र व्यवहार दुवै कुरा अर्थशास्त्रले अध्ययन गर्नुपर्छ । अथवा अर्थशास्त्रले समष्टिगत विश्लेषण गर्नुपर्दछ भन्ने कुरा उल्लेख गरेका थिए । उनले आर्थिक जगतमा मानवीय समस्याहरू समाधान गर्नको लागि बृहत अर्थशास्त्र आवश्यक छ भनेका छन् ।
सैद्धान्तिक र व्यावहारिक दुवै प्रकृतिका अर्थशास्त्री किनेस मार्सलका चेला थिए । उनले आर्थिक जगतमा मानवीय समस्याहरू समाधान गर्नको लागि बृहत् अर्थशास्त्र समस्याहरू समाधान गर्नका लागि बृहत अर्थशास्त्र आवश्यक पर्छ भन्ने मान्यता राखेका थिए । त्यसैकारणले गर्दा पनि बृहत् अर्थशास्त्रलाई किन्सको अर्थशास्त्र पनि भन्ने गरिन्छ । बृहत् अर्थशास्त्रले सम्पूर्ण अर्थशास्त्र जगतको नै अध्ययन गर्ने हुँदा समग्र देशको अर्थतन्त्रबारे जानकारी हुन्छ । अर्थतन्त्रमा पर्ने बृहत् आर्थिक समस्या खासगरी अल्पकालीन समस्याहरूको समाधान गर्न यस अर्थशास्त्रले मूख्य भूमिका खेलेको हुन्छ । उनले प्रतिपादन गरेको उक्त पुस्तकमा अर्थतन्त्रमा हुने बेरोजगारी समस्या अति उत्पादनका कारणले हुने गर्दछ । जसलाई समाधान गर्न ंअल्पकालीन समयमा पनि सन्तुलन गर्ने गरिन्छ । भन्न खोजेको मानिस मरणशील छ वा दीर्घ हुँदैनन् भने अर्थतन्त्रमा के दीर्घकाल चाहिन्छ । त्यसैले अल्पकालमा अल्पबेरोजगारीमा पनि सन्तुलनको अवस्था आउँछ । किन्सियन अर्थशास्त्रको समष्टि आर्थिक अध्ययनले तीन प्रमुख मान्यताहरू निर्भर गर्छ । कठोर मूल्य, प्रभावी माग र बचत लगानी निर्धारक रहन्छ । पहिलो कठोर वा अतुलनीय मूल्यको केही बजारहरूलाई छोटो दौडामा सन्तुलन प्राप्त गर्नबाट समेत रोक्छ ।
किनेसको अर्थशास्त्रको शास्त्रीय अर्थशास्त्रको असफलता प्रमाणित गर्ने र विरुद्ध वैकल्पिक सिद्धान्तको प्रतिपादन गर्नेजस्ता दुई वटा उद्देश्य राखेर आफ्नो सिद्धान्तको प्रतिपादन गरेका छन् । शास्त्रीय अर्थशास्त्रहरूले भनेजस्तो पुँजीवादी व्यवस्थामा पूर्ण रोजगारी आउन सक्दैन, बरु अल्पकालमा अर्धरोजगारीको अवस्थामा सन्तुलन आउँछ । यसरी अर्थव्यवस्थालाई सुव्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि राज्यले नियन्त्रणकारी भूमिका र हस्तक्षेप अवलम्बन गर्नु आवश्यक ठानेका छन् । सूक्ष्म अर्थशास्त्र विश्वव्यापी प्रयोग भइरहँदा कुनै एउटा व्यक्ति वा फर्म वा उद्योगको प्रगति विवरण हेरेर सम्पूर्ण देशको अर्थतन्त्रलाई दाँज्नु गलत कुरा हो भन्ने विचारले उनले बृहत् अर्थशास्त्रको आवश्यक महसुस गरे र त्यसैमा कलम चलाए । किनेसले शास्त्रीय दुवै अर्थशास्त्र एउटै हुन् भनेर आफ्नो विचार राखेका छन् । उनले विशेष गरी उपभोग, बचत र लगानीलाई सन्तुलन गर्न नसक्दा आर्थिक संकट पैदा हुन्छ भनेका छन् । जसका लागि उपभोक्ताले आफ्नो उपभोगको बानी सुधार गर्ने, पुँजीको सीमान्त उत्पादकत्व क्षमता वृद्धि गर्ने र व्याजदरबीचमा सन्तुलन गर्न सके अर्थतन्त्र सामान्य हुन सक्छ वा यसको समाधान हुन्छ । अर्थव्यवस्था सन्तुलन हुनु र नहुनुमा उपभोक्ताकै उपभोग गर्ने बानीले निर्धारण गर्दछ भने उपभोग प्रवृत्ति प्रचलित व्याजदर वित्तीय नीति, मौद्रिक आय र वास्तविक आयबीचको खाडल आदिमा आउने परिवर्तनले निर्धारण गर्छ ।
किन्सको अर्थशास्त्रको प्रमुख मान्यता निम्नलिखित बुँदाहरूमा देखाउन सकिन्छ ।
पुँजीवादी अर्थतन्त्रलाई सुधार्नु । सिद्धान्त र मोडलहरूको विकास गर्नु । शास्त्रीय र नवशास्त्रीय विचारधाराहरूलाई समष्टिगतरूपमा हेर्नु ।
आर्थिक संकट समाधानको उपाय बताउनु । मनोवैज्ञानिक उपभोग फलनको नियम विकास गर्नु । पुँजीवादी अर्थव्यवस्थाका मरणशील अवस्थालाई पुनर्ताजकीकरण गर्नु । अर्थव्यवस्थालाई सुव्यवस्थित तरिकाले सञ्चालित गर्ने मार्ग देखाउनु ।
किन्सले अर्थशास्त्रमा विविध किसिमका धारणा एवम् विचारहरू राखेका छन् जुन यस प्रकार छन् ।
१.अर्थतन्त्रमा सरकारको भूमिका सक्रिय र हस्तक्षेपकारी हुनुपर्छ । २. अर्थतन्त्रले रोजगारीको अवस्था सन्तुलनमा आउँछ । ३.ज्यालादर परिवर्तनशील हुन्छ । ४. अल्पकालीन विश्लेषण ५.आम्दानी र बचतको सन्तुलनले माग र पूर्तिमा सन्तुलन ल्याउँछ । ६. लगानीले रोजगारीको सिर्जना गर्दछ । रोजगारीको सिर्जनाले आयआर्जन बढ्छ । ७. आर्थिक समस्या हटाउन सार्वजनिक लगानी वृद्धि गर्नुपर्छ । ८.सरकारले सार्वजनिक कल्याणकारी क्षेत्रमा लगानी बढाउनुपर्छ । ९. सार्वजनिक क्षेत्रमा गरिने लगानीले बेरोजगारी घटाउँछ । १०. रोजगारीमा वृद्धि हुँदा उत्पादन र आम्दानी पनि वृद्धि हुन्छ । ११. अर्थतन्त्रमा माग मुद्राको आधारमा निर्धारण हुन्छ । १२. अर्थतन्त्रमा सरकारको भूमिका सक्रिय र हस्तक्षेपकारी हुनुपर्छ । १३. आर्थिक समस्या हटाउन सार्वजनिक लगानी वृद्धि गर्नुपर्छ ।
रोजगारी सिर्जना, आम्दानीको पुनर्वितरण, आधारभूत आवश्यकता, अर्थतन्त्रको संरचनात्मक परिवर्तन, दिगो विकासलगायत मानव विकास आदिमा सकारात्मक परिवर्तन ल्याउने कुरामा विकास अर्थशास्त्र केन्द्रित रहन्छ । समग्रमा विकास अर्थशास्त्र विकासोन्मुख देशका आर्थिक समस्याको अध्ययन गर्ने शास्त्र हो । यसले आर्थिक विकासमा देखिएका समस्याको कार्यकारण सम्बन्धको अध्ययन गर्दछ । यसका विषयवस्तु एवम् क्षेत्र निम्नलिखित छन् ।
गरिबी, औद्योगिक पछौटेपन, बसाइँसराइ, कृषिको पछौटेपन, बेरोजगारी, असमानता, बजार केन्द्र शिक्षा र स्वास्थ्य अवस्था, विप्रेषण र यसको प्रयोग, जनसंख्या वृद्धि, मानव विकास आदि । जान मेनार्ड किन्स (सन् १८३३) को पुस्तक जनरल थ्योरी अफ इम्प्लोयमेन्ट, इन्टेस्ट एन्ड मनी (सन् १९३६) अर्थशास्त्रको महत्वपूर्ण पुस्तक हो । यस ग्रन्थले पाश्चात्य अर्थशास्त्रीका विचारधारामा आमूल परिवर्तन गरेको छ । ह्यारोड डोमार मोडेल, लियोन्तीफको इन पुट, आउट पुट मोडेल इत्यादि अनेक मोडेल यसै ग्रन्थमा आधारित छन् । पल सैमुअल्सनले भनेका छन्, कुनै पनि अर्थशास्त्री जसले किन्सको विचार अध्ययन गरेको छ पुराना विचारधारामा फर्केको छैन ।
उनको अर्थशास्त्रलाई शास्त्रीय अर्थशास्त्रको परिष्कृत र परिमार्जितरूप पनि मान्ने गरिन्छ । किन्सको अर्थशास्त्रको प्रमुख मान्यता निम्नलिखित बुँदाहरूमा देखाउन सकिन्छ । १. पुँजीवादी अर्थतन्त्रलाई सुधार्नु, २.पुँजीवादी अर्थव्यवस्थाका मरणशील अवस्थालाई पुनर्ताजकीकरण गर्नु, ३.अर्थव्यवस्थालाई सुव्यवस्थित तरिकाले सञ्चालित गर्ने मार्ग देखाउनु, ४. सिद्धान्त र मोडलहरूको विकास गर्नु ५.शास्त्रीय र नवशास्त्रीय विचारधाराहरूलाई समष्टिगतरूपमा हेर्नु ६. आर्थिक संकट समाधानको उपाय बताउनु ७. मनोवैज्ञानिक उपभोग फलनको नियम विकास गर्नु ।
रोजगारी सिर्जना, आम्दानीको पुर्नवितरण, आधारभूत आवश्यकता, अर्थतन्त्रको संरचनात्मक परिवर्तन, दिगो विकास लगायत मानव विकास आदिमा सकारात्मक परिवर्तन ल्याउने कुरामा विकास अर्थशास्त्र केन्द्रित रहन्छ । समग्रमा विकास अर्थशास्त्र विकासोन्मुख देशका आर्थिक समस्याको अध्ययन गर्ने शास्त्र हो । यसले आर्थिक विकासमा देखिएका समस्याको कार्यकारण सम्बन्धको अध्ययन गर्दछ ।
किन्सको अर्थशास्त्र आलोचनामुक्त रहन सकेन । उनीपछिका अर्थशास्त्रीहरू ह्यारोल्ड र डोभर आदिले किन्सको विचारधाराको आलोचना गरेका छन् । किन्सको अर्थशास्त्रको आलोचना निम्न बुँदाहरूमा देखाउन सकिन्छ ।
(क) सबै देशको लागि अनुपयोगी (ख) प्रभावकारी मागका कारण मात्र बेरोजगारी आउँदैन । (ग) उपभोगको प्रवृत्तिसम्बन्धी गलत मान्यता (घ) बचतको प्रवृत्तिसम्बन्धी गलत धारणा (ङ) अदृश्य बेरोजगारीको उपेक्षा (च) सबै देशको लागि अनुपयोगी (छ) धनी र सम्पन्न मुलुकको लागि मात्र उपयोगी (ज) अल्पविकसित देशको लागि अव्यावहारिक (झ) सबै देश र क्षेत्र समेट्न नसक्नु (ञ) पुँजीवादी प्रजातान्त्रिक देशमा मात्र केन्द्रित आदि यसका कमजोरीहरू हुन् ।
प्रभावकारी मागका कारण मात्र बेरोजगारी आउँदैन, अधिकांश विकसित देशहरूका अस्वेच्छिक बेरोजगारी देख्न नसक्नु, प्रभावकारी माग र विकसित देशका हुने बेरोजगारीका लागि उपयुक्त हुन्छ । उक्त कुरा देखाउन नसक्नु । उपभोगको प्रवृत्ति सम्बन्धी गलत मान्यता, उपभोग बढ्दै जाँदा बचत वृद्धि हुन्छ भन्नु त्रुटिपूर्ण देखिन्छ । अल्पविकसित देशमा उपभोग बढी र बचत कम हुन्छ भन्ने कुरा देखाउन सक्दैन ।